उदयपुरबाट लागुऔषध गाँजा सहित हुपबहादुर पक्राउ

विराटनगर । उदयपुरको ताप्लि गाउँपालीका ५ बस्ने हुपबहादुर मगर लागुऔषध गाँजा सहित पक्राउ परेका छन ।

उनकै घरबाट १५ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.