पेट्रोलमा बढ्यो फेरी २ रुपैयाँ

रामधुनी । नेपाल आयल निगमले फेरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढाएको छ । डिजेल र मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

निगमले मंगलबार राती १२ बजे राती देखि कायम हुने गरी पेट्रोलमा प्रतिलिटर प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको जानएको छ ।

निगमका अनुसार मंगलबार राती १२ बजे पछि उपभोक्ताले पेट्रोलमा प्रतिलिटर १ सय ७ रुपैयाँ तिर्नु पर्ने छ ।

ईण्डियन आयल कर्पोरेशनले १ सेप्टेम्बरबाट पठाएको खरिद मुल्य अनुसार नै निगमले पेट्रोलको मुल्य बढाएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.