इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको १ नं प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर सरुवा भएको छ । अव जिल्ला प्रहरी कार्यालय सुनसरीमा भने डिएसपीको रुपमा प्रहरी प्रधान कार्यालय नक्साल भण्डार साखाका मदन केसी अउने छन् ।
यसैगरी इलाका प्रहरी कार्यालयका इटहरीका डिएपी धर्मराज भण्डारीको पनि जिल्ला प्रहरी कार्यालय कपिलबस्तु सरुवा भएकोे छ । अब इटहरीमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो वाट अर्जुन केसी आउने छन् ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौंले एकै पटकमा ७२ जना डिएसपीको सरूवा गरेको हो ।