इटहरी । इटहरीमा १ सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकको निर्णय अनुसार इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसन निर्माणलाई तिव्रता दिइएको हो ।
चाँडै संचालनमा ल्याउने गरि काम जारी छ । निर्माण कार्य तिव्र वनाउन प्रमुख द्धारिकलाल चौधरीले निर्देशन दिए । महिलाका लागि छुटटै र सुरक्षित आइसोलेसन निर्माण गर्नुपर्नेमा उपप्रमुख लक्ष्मी गौतमले जोड छ । इटहरीमा समेत संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो ।
आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरु सँग सहयोगको आग्रह गरिएको छ ।
वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाका लागि खादयान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरे । आइसोलेसन संचालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ ।