इटहरी । पछिल्लो समय सुनसरीमा इटहरीका २१ र इनरुवाका थप २६ जनामा कोरोना देखिएको छ ।
इटहरी ३ का १ जना, ३५ बर्षीया महिला, इटहरी ६ का १ जना, ३० बर्षीय पुरुष, इटहरी ९ का १ जना, ४० बर्षीय पुरुष, इटहरी १२ का १ जना ५५ बर्षीय पुरुष, इटहरी १३ का १ जना ४० बर्षीया महिला, प्रगति टेक्सलायल इटहरी १३ का ४ जना ३१, ४४, ४८ र ५२ बर्षीय पुरुष, इ.प्र.का. इटहरीका १२ जना २४, २५, २६(३) २७, २९, ३३, ३७, ३८(२) र ४० बर्षीय पुरुष रहेका छन् ।
सोमबारे हाटमा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएका मध्ये इनरुवाका हिजो वेलुका २६ जनाको पोजेटिभ रिपोर्ट आएको हो । थपिएका संक्रमित मध्ये १२ जना एउटै वडाका रहेका छन् । उनीहरु सबै इनरुवा ५ बलाहाका हुन् ।
बलाहा घर भएका एक पोजेटिभ व्यक्ति प्रहरी हुन् भने अन्य सबै स्थानीय बासिन्दा र रहेका छन् ।