इटहरी । अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीले गरेको नेपालमा कोरोनाबाट हजारौंंको ज्यान जाने अनुमान शतप्रतिशत गलत भएको जनस्वास्थ्यविदले बताएका छन् । कोरोना संक्रमणका कारण नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ अध्ययनको रिपोर्ट सार्वजनिक भएपछि जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले त्यो अध्ययन र रिपोर्ट गलत रहेको टिप्पणी गरेका हुन् ।
डा.पाण्डेले यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने र तीमध्ये ४९ हजार २ सयको मृत्यु हुने अनुमान सार्वजति गरेर नेपालमा त्रास फैलाइएको बताउनुभएको छ । उक्त अनुमान १०० प्रतिशत गलत रहेको डा.पाण्डेको दावी छ ।
अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनैपनि नमिल्ने उनले बताए । अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुने सार्वजनिक भएको थियो ।