No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालमा महामारीको अबस्था भयावह बन्दैः प्रत्येक दुई घण्टामा एकको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १३, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । कोरोना संक्रमणका कारण पछिल्लो समयमा थप ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको हिजोको पे्रस व्रिफिङ पछि सो संख्यामा कोरोनाका कारण ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुष रहेका छन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचार गराइरहेका उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । यसैगरी विरगञ्जमा थप तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको ज्यान गएको हो ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो ।

हिजो दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । भने, नारायणी अस्पतालमा भर्ना भएकी महिलामा न्यून रक्तचापका साथमा झाडापखला पनि लागेको थियो ।

उता ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी चितवनको चितवन मेडिकल कलेजमा पनि कोरोना संक्रमित एक जना महिलाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान ज्यान गएको हो भने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा महानगर वडा नम्बर १४ का ५८ बर्षिय पुरुषको उपचारको क्रममा ज्यान गएको छ ।

उता पाल्पाका एक महिलाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोनाको मृत्युदर ह्वात्तै बढेको छ । कोरोनाबाट हिजै मात्र १२ जनाको ज्यान गुमेको थियो । कोरोनाबाट दैनिक मर्नेको सो संख्या सङ्ख्या अहिले सम्मकै धेरै हो । सोे तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

Tags: कोरोना परीक्षण
ShareTweetPin
Previous Post

इटहरीमा थपिए कोरोनाका ९ संक्रमित

Next Post

एकैदिन प्रदेश २ मा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

Next Post

एकैदिन प्रदेश २ मा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.