इटहरीमा थपिए कोरोनाका ९ संक्रमित

इटहरी । इटहरीमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ ९ गते परिक्षण गरिएका मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले उल्लेख गरे ।

इटहरी वडा नं.४ का २२ र ५२ वर्षीया महिला, ३० वर्षीय पुरुष, वडा नं.५ की १४ वर्षीया बालिका, वडा नं.७ का ३५ वर्षीय पुरुष, वडा नं.१४ का २६ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका दुई जना पुरुष र शसस्त्र प्रहरी पकलीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.