सुबिन बिश्वकर्मा, बराहक्षेत्र । सरकारले गत चैत्र ११ देखि सुरु गरेको देशब्यापी लकडाउन श्रावणको पहिलो हप्ता बित्न नपाउदै अन्त्य गर्यो। जबकी लकडाउन खुल्नासाथ संक्रमणको जोखिम उच्च हुन थाल्यो र संक्रमणको दर पनि वृद्धि भयो। यतिबेला कोरोना महामारी पूनः दोस्रो पटक देशभरी समुदाय स्तरमा फैलिएको भन्दै धेरै जिल्लामा निषेधाज्ञा, लकडाउन गरिएको छ।
जिल्लाहरुमा निषेधाज्ञा, लकडाउनको घोषणाले फेरी दैनिक ज्यालादारी गरिखाने विपन्न वर्गको रोजगारी गुमेको छ । अघिल्लो पटक भने महिना दिन बित्न नपाउदै हतारिएर राहत वितरण गरेको स्थानीय सरकार यसपटक करिब ५ महिनाको लकडाउनले थङ्थिलो भएका जनतालाई राहत वितरणमा मौन देखिएको छ । दुई देखी तिन हप्ता वितिसक्दा पनि विपन्न वर्गले भोकभोकै बस्नु पर्ने अवस्थामा बराहक्षेत्र नगरपालिकामा भने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ(नेबिसंघ)ले निःशुल्क खुल्ला फुड बैंक भाद्र १२ गतेवाट सञ्चालनमा ल्याएको छ ।
बराहक्षेत्र नपा वार्ड नम्बर ६ स्थित नपा भवन अगाडि शुरु गरिएको फुड बैंकमा आवश्यक खाधन्नहरु चामल, दाल, मस्यौरा, नुन, तेल, चाउचाउ राखिएको नेविसंघ सप्तकोशि बहुमुखी क्यापस इकाइ सभापति लोमस दाहालले बताए ।उनका अनुसार आज पहिलो दिन संचालन भएको फुड बैकमा पहिलो दिन ९२ परिवारकालागि खाद्यन्न लिएर गएका थिए। “ हुनेले दिएर जाउ नहुने ले लिएर “ भन्ने ब्यानरका साथ सुरु भएको उक्त कार्य अन्तर्गत घरमा भात पकाउने अन्न नै नभएकाहरुले आफै राहतको खाद्यान्न लैजान सक्ने र हुनेले दिएर जान सक्ने नेविसंघ इकाई समितिका पुर्व सचिव तथा क्याम्पसका स्वीयु सभापति प्रतीक राईले बताए ।
प्याकेटमा चामल २ केजी, तेल एक लिटर, सोयाबि एक पाउ, नुन १ केजी र दाल छन् । घरमा भातै नपाक्ने अवस्था रहेका परिवारले स्वइच्छाले तत्काल चाहिएको खाद्यान्न आफै लिएर जानसक्ने व्यवस्था गरिएको छ । नेविसंघ क्षेत्र नं ४ सभापति तिर्थराज भट्टराईका अनुसार ‘ लकडाउनका कारण ज्यालादारी गुमेका, दाउर, पात बेचेर गुजारा चलाउने परिवार आहिले काम गर्न नपाएपछि भात खान नपाउनु अवस्थामा पुगेको देखिएकाले फुड बैंक सञ्चालन ल्याउने योजना बनाएको बताए ।
यो अभियान भोलि र पर्सि सम्म रहेको उनले जनाएका छन।