इटहरी । नेपाल टेलिकम इटहरीका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।
टेलिकमले एक सूचना निकाल्दै ती कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ्ग भइरहेको जनाएको छ ।
टेलिकमका अनुसार ती ब्यक्तिमा कोरोना देखिएपछि कार्यालयबाट हुने सबै सेवाहरू सम्पर्कमा रहेकाको रिपोर्ट प्राप्त नभइन्जेलसम्म बन्द रहने छ ।