ताप्लेजुङ । जातीय विभेद गरेको भन्दै ताप्लेजुङमा उजुरी परेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र फुलमाया विश्वकर्माले जातीय छुवाछुत तथा विभेद गरेको भन्दै ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।
विश्वकर्मासँग विवाह गरेका राजिन्द्रले दाजुसहित आफन्तहरुले बाबुको निधनपछि दाहसंस्कार तथा काजकृयामा सामेल हुन नदिएको भन्दै किटानी जाहेरी दर्ता गराएको पीडित राजिन्द्र बुढाक्षेत्रीले बताए ।