प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना पुष्टि, एक हप्ता ओपीडी सेवा बन्द

सुर्खेत । सुर्खेतका ६ जना चिकित्सकमा कोरोना पुष्टि भएको छ ।

प्रदेश अस्पतालमा कार्यरत ६ जना चिकित्सकमा कोरोना पुष्टि भएसँगै एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत रहेका छन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.