इटहरीमा फेरी थपिए १० संक्रमित

इटहरी । इटहरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरका जनस्वास्थ्य नीरीक्षक घनश्याम सिग्देललाई उद्धित गर्दै नगरका प्रेस संयोजक लिलाराज भट्टराईले सो कुरा उल्लेख गरेका छन्।

संक्रमण पुष्टी भएको मध्ये इटहरी २ का १ जना ३८ वर्षिय पुरुष, इटहरी ५ का ३ जना २६ र ४२ वर्षिय पुरुष र ३४ वर्षिय महिला, इटहरी ९ का ३ जना २३ र २६ वर्षिय महिला र ६० वर्षिय पुरुष, इटहरी १२ का १ जना १५ वर्षिय महिला, इटहरी १४ का २ जना १२ वर्षिय महिला र ११ वर्षिय पुरुष रहेका छन् ।

यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.