आज मलाई किन किन मर्न डर लागेको छ ।
कोरोनाले कति बाँच्छन् हेर्न मन लागेको छ ।।
आउने दिन अझै पनि धेरै काम गर्नु छ ।
नयाँ युगको नयाँ विश्व नौलो संसार हेर्नु छ ।।
बिचलित छ तन मन कोरोनाको कहरमा ।
कति मरे बाढी पहिरोमा कति मरे रहरमा ।।
काम काज ठप्प भयो आम्दानी नै भएन ।
बाँच्नै गाह्रो पेट भर्ने दाल चामल रहेन ।।
देशको पनि अर्थतन्त्र भयो डामाडोल ।
हुँदै गर्या बिकासको नि पछाडी गो गोल ।।
अझै कति कोरोनाको चल्छ होला कहर ।
थुनिएर कोठा भित्र बस्न पुग्यो है रहर ।।
महामारी हट्छ पक्कै उसको दिन पुगेपछी ।
नयाँ युगको नायाँ दिन आउँछ विश्व खुले पछि ।।
मनोवल उच्च राखौँ हुन्छ विकास भोली अझै ।
कोरोनालाई बाई बाई गर्दै नयाँ नयाँ बिहान सगै ।।
-सञ्जु सुवेदी