विराटनगर । नोबेल मेडिकल कलेज अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले एकै साथ राजिनामा दिएका छन् ।
कोरोनाको कहर बीच समेत आफुहरुले ज्यानको परवाह नगरी दिनरात एक गरेर काम गरेतापनि अस्तपालले कर्मचारीको कार्यको कदर नगरेको भन्दै राजिनामा दिएका हुन् ।
कोरोना भाईरससंग लड्ने उचित सुरक्षाको व्यवस्था समेत उपलब्ध नगराएकोले एकै साथ राजिनामा दिन बाध्य भएको कर्मचारीहरुले बताएका छन् ।
यस्तो विषम परिस्थितीमा समेत काम गरे वपत प्रोत्साहन पाउनु त कता हो कता तलव समेत समयमा नपाएको उनिहरुले गुनासो गरेका छन् ।
यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा अस्पताल प्रशासनले खासै ध्यान न दिएको उनिहरुले बताए । यस बिषयमा नोबेल अस्पताल प्रशासन संग बुझ्दा मंगलबार अस्पतालमा कार्यरत ५५ जनाले सामुहिक राजिनामा दिएको नारायण दाहालले जानकारी दिए ।
उनिहरुले सामुहिक राजिनामा दिएको भएतापनी अस्पताल प्रशासनले स्विकृत नगरेको साथै यस विषयमा बुधबार छलफल हुने दहालले बताए ।