पहिरो पिडितलाई राहात लिएर कालिकोट पुगे पल शाह

काठमाडौं । अभिनेता पल शाह खाद्यान्न र लत्ता कपडा बोकेर कालिकोट पुगेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षती भएको थियो ।

पल शाहले स्थापना गरेको पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा ४० घर परिवारलाई सिरक, डसना वितरण गरिएको हो ।

साथै, उनीहरुले चामल, नुन, तेल पनि वितरण गरेका छन् । अभिनेता पल शाह करिब ३ दिन लगाएर कालिकोट पुगेका थिए । उनले, बाटो कष्टकर भएपनि कालिकोटका पहिरो प्रभावित बासिन्दाका लागि थोरै भएपनि सहयोग गर्ने उद्देश्यले आफू आएको बताए ।

अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई लकडाउनको समयमा ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए । पल, म्यूजिक भिडियो र फिल्मको साथै समाजसेवामा पनि सक्रिय छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.