बेलबारी । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै मोरंगको बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ ।
बेलबारी नगरपालिका वडा नम्बर २ को बागदेवी सामुदायिक बन उपभोक्ता समहुको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो ।
लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका ७ को नयाँबजारमा रहेको हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसन तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।
आइसोलेशन कक्ष तोडफोड र स्वस्थ्य सामग्री लुकाएको आरोपमा प्रहरीले डाक्टर मातृका तिम्सिनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताए ।
आइसोलेसन तोडफोडमा अन्य फरार रहेकोले उनिहरुको खोजि कार्य जारी रहेको मल्लले बताए । जिल्ला अस्पतालले किटानी जाहेरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।