No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा कोरोनाबाट निको हुनेको संख्या उच्च, निषेधित क्षेत्रको समय बढ्यो

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ७, २०७७
in काेराेना अपडेट, मुख्य समाचार
0
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीमा कोरोना संक्रमित मध्ये निको हुनेको संख्या उच्च रहेको छ । सुनसरीको कुल संक्रमित संख्या मध्ये ४ सय ३३ मध्ये अहिले सम्म १ सय ९० जना निको भएका छन् ।

सुनसरीमा अहिले सम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्येबाट ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये १ सय ९० जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् । २ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । उनीहरु दुवैजना धरानको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरीमा सबैभन्दा बढी संक्रमितको संख्या धरानमा रहेको छ । जहाँ संक्रमितको संख्या १ सय १४ पुगेको छ । त्यसैगरी इटहरीमा ७९ बराहक्षेत्रमा १२, इनरुवामा १५, दुहवीमा ६० जनामा संक्रमण देखिएको छ । रामधुनीमा संक्रमितको संख्या २५ पुगेको छ ।

कोशी गाउँपालिकामा २९, हरिनगरमा ३४, भोक्राहा नरसिंहमा २०, देवानगञ्जमा १५ जना, गढीमा ११ जना र बर्जुका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले जानकारी दिए । यसैगरी सुनसरीमा निषेधित क्षेत्रको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार अब भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ ।

सुनसरी प्रशासनले तेस्रो पटक आज निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले सावधानी र सर्तकता बढाउन निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेले जानकारी दिए ।

Tags: जिल्ला प्रशासन कार्यालय सुनसरी
ShareTweetPin
Previous Post

फेरि मागिन् दीपाश्रीले माफी

Next Post

बेलबारी नगरले बनायो आइसोलेसन, तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

Next Post

बेलबारी नगरले बनायो आइसोलेसन, तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.