फेरि मागिन् दीपाश्रीले माफी

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले महानायक विवाद सुल्झिएपछि पनि फेरि माफी मागेकी छिन् ।

दीपाश्रीले आफ्नो जन्मदिनको अवसरमा फेसबुकमा भिडियो सार्वजनिक गर्दै माफी मागेकी हुन् । उनले, आफूले आफू भन्दा सिनियर कलाकारको बारेमा बोल्न नहुने थियो भन्दै उनका फ्यानसँग माफी मागेकी हुन् ।

दीपाले यो घटनापछि आफूले ३ वटा कुरा सिकेको पनि बताइन् । उनले, मिडियामा कुटनितिक तरिकाले जवाफ दिने, व्यक्तित्व विकास गर्ने र राम्रो सिनेमा बनाएर दर्शकमाझ पस्किने पनि बताएकी छिन् ।

अभिनेत्री दीपाश्री निरौलाले आफूले अन्तरवार्ता दिन जानु नै गल्ती भएको पनि बताएकी छिन् । अन्तरवार्ताको क्रममा आएका प्रश्नहरुलाई आफूले कन्ट्रोल गर्न नसकेको पनि उनको भनाई छ ।

सिनेमा बनाएर नाम कमाएपनि आफूले व्यक्तित्व विकासका लागि अझै धेरै सिक्नुपर्ने रहेछ भनेर उनले भनेकी छिन् । दीपाश्रीले सिनेमा रिलिजको समयमा आफूहरुलाई सधै गाली गलौज आउने गरेको भन्दै आफूहरुका लागि गालीको क्रम पहिलो पटक नभएको पनि बताएकी छिन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.